
काठमाडौं । ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार गरिएको छ । मानसिक रूपमा अस्वस्थ रहेका १८ वर्षीय आयुष बडाल आज बिहानै मनोहरा खोलामा हाम फालेका थिए ।
खबर पाएलगत्तै नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले बडाललाई सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अहिले बडालको अवस्था सामान्य छ । उनी नुवाकोट घर भई बालकुमारीस्थित पुनर्जीवन अस्पतालमा उपचार गराइरहेका थिए ।