Logo
Logo

‘बेपत्ता’ भएको भन्दै गोकुल बाँस्कोटाले खोजे कृषिमन्त्री


756
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले कृषिमन्त्री रामनाथ अधिकारी ‘बेपत्ता’ भएको भन्दै कटाक्ष गरेका छन् । बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री समेत रहेका उनले किसानहरुको लागि महत्वपूर्ण समय मानिने जेठ–असार महिनामा मल र कृषिमन्त्री हराएको भन्दै आपत्ती जनाएका हुन् ।

बाँस्कोटाले सत्ताको साँचो भेटाउनभन्दा कृषिमन्त्री भेटाउन गाह्रो हुने पनि उल्लेख गरेका छन् । ‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन् । तर हरेक साल जेठ, असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो !,’ उनले प्रश्न गर्दै भनेका छन् ।

साथै उनले आजसम्म किसानलाई पर्याप्त मल उपलब्ध गराउन सक्ने कोही ‘बहादुर नेता’ नभेटिएको उल्लेख गर्दै भनेका छन्, ‘राजनीतिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको, तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन, लौ न कोही छ ? ।’

प्रतिक्रिया दिनुहोस्