Logo
Logo

नयाँ विद्यार्थी भर्ना लिँदै विश्वभाषा क्याम्पस


252
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना खुला गरेको छ ।

क्याम्पस प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आगामी साउन १५ गतेदेखि सञ्चालन हुने नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको हो ।

चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक विद्यार्थीले यही असार १५ गतेदेखि २९ गतेसम्म फारम भर्न सक्ने क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्