
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले कर्मचारी भर्ना खुला गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालय पदाधिकारी सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै डीन, क्याम्पस प्रमुख, विभाग प्रमुख र स्कुल प्रमुखसहित १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित विश्वविद्यालयको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछन् ।
