
काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा सांसदहरूले बजेटमाथि आआफ्ना धारणा राख्नेछन् ।
बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालु खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ ।














