Logo
Logo

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ


252
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बियामा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-९ मा बस्ने पर्सा, सखुवा प्रसौनी गाउँपालिका-६ का २३ वर्षीय सुनिल कुमार सोनारलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: Thagi.jpg

सोनारले सर्बिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।

आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्