Logo
Logo

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (सूचीसहित)


2.4k
Shares

काठमाडौं । सरकारले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले विभिन्न शिर्षकमा गरेको १५ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

जसमा सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ । सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो ।

बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । त्यसैगरी, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ ।

बैठकले प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ । त्यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्