हेटौँडा । पूर्वपश्चिम लोकमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, रिद्धिसिद्धि सिमेन्ट उद्योगतर्फ जाने सडकखण्डमा रुख ढल्दा एक भारतीय नागरिक घाइते भएका छन् ।

वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ३२ एके १२४१ नम्बरको मोटरसाइकलमा सवार भारत, मधुवन–५ का २० वर्षीय चालक कन्हैया कुमारलाई रुख ढलेर लाग्दा घाइते भएका हुन् ।
उनको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । रुख ढल्दा केही समय पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको थियो । प्रहरीले तत्काल पुगेर अवरोध हटाई सडक सञ्चालनमा ल्याएको छ ।