Logo
Logo

सामसङले नेपालमा ‘ग्यालेक्सी बड्स कोर’ लन्च गर्यो


693
Shares

काठमाडौं । सामसङले नेपालमा आफ्नो नवीनतम र किफायती ट्रू वायरलेस इयरफोन’ग्यालेक्सी बड्स कोर’ सार्वजनिक गरेको छ । यो इयरफोन जुलाई १, २०२५ देखि बजारमा उपलब्ध हुनेछ र यसले प्रिमियम साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता अत्याधुनिक फिचरहरूलाई केवल रु ७,३९९ को किफायती मूल्यमा प्रदान गर्छ । कालो र सेतो रङ्गमा उपलब्ध यी इयरबड्स नेपालभरका सामसङका आधिकारिक विक्रेताहरूमार्फत खरिद गर्न सकिनेछ ।

The current image has no alternative text. The file name is: samaun.gif

ग्यालेक्सी बड्स कोरमा डायनामिक ड्राइभरहरू छन्, जसले गहिरो र इमर्सिभ साउन्डका साथै शक्तिशाली बेस प्रदान गर्छ । एक्टिभ न्वाइज क्यान्सिलेसन र कल न्वाइज रिडक्सनले हल्लायुक्त वातावरणमा पनि स्पष्ट कुराकानी र सङ्गीतको अनुभव दिन्छ । तीन माइक प्रणालीले भोकल स्पष्टता कायम राख्छ, जसले यी इयरबड्सलाई फोन कल, सङ्गीत, वा भर्चुअल मिटिङका लागि उपयुक्त बनाउँछ । 

इयरबड्समा सुरक्षित र आरामदायी विङटिप्स छन् । जसले लामो समयसम्म प्रयोग वा शारीरिक गतिविधिहरूमा पनि सहज अनुभव प्रदान गर्छ । 

ग्यालेक्सी बड्स कोर को स्ट्यान्डआउट फिचर हो ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले आमने९सामने कुराकानीमा दुईतर्फी रियल९टाइम अनुवाद प्रदान गर्छ । प्रयोगकर्ताले आफ्नो भाषामा कुरा गर्न सक्छन्, र इयरबड्सले तुरुन्तै अनुवादित जवाफ सुनाउँछ । जसले अन्तर्राष्ट्रिय सञ्चारलाई सहज बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्