Logo
Logo

लिफ्ट निर्माणका क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु


756
Shares

काठमाडौं । काठमाडौंको दरबारमार्गमा लिफ्ट निर्माण गर्ने क्रममा चार तलाबाट खसेर दुई कामदारको ज्यान गएको छ । मृतकहरू कैलालीका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका अन्दाजी २० वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले बताए ।

The current image has no alternative text. The file name is: mirtu_death.jpg

सोमबार अपराह्न ५ बजेको समयमा दरबारमार्गको हिटीपोखरी नजिकै पोतला डेभलप्मेन्ट प्रालिले निर्माण गरिरहेको ९ तले भवनको चौथो तलाबाट उनीहरू खसेका थिए । लिफ्टमा ग्रिज लगाउन चढेका बेला फलामको सिक्री चुँडिँदा उनीहरू भुईँमा खसेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका उनीहरूलाई तत्काल वीर अस्पताल पुर्‍याइए पनि अपराह्न ५स्१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्