
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट डोटिम परिसंघले राष्ट्रिय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
पार्टीले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकको संगठन डोटिम परिसंघ निर्माण गरी संगठनको राष्ट्रिय भेला तथा बृहत् अन्तरक्रिया गर्न लागेको हो ।
बृहत अन्तक्रिया यहि असार २८ गते डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार डोटिम परिसंघको राष्ट्रिय भेलालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । जसपा नेपालले उक्त कार्यक्रमलाई सफल पार्न र आवश्यक सहयोगका लागि कार्यदलसमेत बनाएको छ ।














