Logo
Logo

कुलिङ पिरियडमा छेडखानी : रास्वपाले माग्यो रामहरिको राजीनामा

पढ्दै नपढेर ‘हुन्छ’ ‘हुँदैन’ भन्ने सांसदहरूलाई ‘कुरी कुरी’


3.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।

रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने भन्दै राजीनामा नै मागेका हुन् ।

राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ उनले भनेका छन्, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

साथै उनले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी’ ।

प्रतिक्रिया दिनुहोस्