Logo
Logo

सेजनले सरकारले विनियोजन गरेको १ करोड अनुदान नलिने


315
Shares

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विनियोजन गरेको १ करोड रुपैयाँ अनुदान अस्वीकार नलिने भएको छ । 

The current image has no alternative text. The file name is: sejna.gif

सेजनको मङ्गलवार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय लिएको हो ।  सरकारले आर्थिक पत्रकारितासँग सम्बद्ध तीन संस्थालाई १–१ करोड रुपैयाँ अनुदान प्रदान गर्ने घोषणा गरेको थियो । तर, सेजनले उक्त अनुदान नलिने प्रष्ट पारेको छ ।

संस्थाले कहिल्यै अनुदानको प्रस्ताव नराखेको र हालसम्म मन्त्रालयबाट कुनै निःशर्त अनुदान नलिएको जनाएको छ । सेजनले सरकारलाई धन्यवाद दिँदै आर्थिक अनुशासन, पारदर्शिता र वित्तीय स्रोतको प्रभावकारी उपयोगमा खबरदारी गर्ने आफ्नो भूमिकालाई जोड दिएको छ ।

यस्तो अनुदान स्वीकार गर्नु संस्थाको मौलिकता र पत्रकारिता धर्मविपरीत हुने निष्कर्ष सेजनको छ । वित्तीय सङ्कटमा रहेको सरकारलाई नागरिकका आधारभूत आवश्यकता, स्वास्थ्य, शिक्षा र जीवनरक्षाका क्षेत्रमा स्रोत केन्द्रित गर्न सुझाव दिँदै सेजनले जनताको करबाट प्राप्त रकम पत्रकार संगठनले खर्च गर्नु पेशागत नैतिकताविपरीत हुने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्