Logo
Logo

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २४औँ वार्षिकोत्सव सम्पन्न


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २४औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको प्रमुख आतिथ्यमा मङ्गलवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

The current image has no alternative text. The file name is: sasatra.gif

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालले सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न ठाउँमा गरेका हरेक गतिविधि प्रशंसायोग्य रहेको बताउँदै पुरस्कृत हुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिइन् ।

उनले महिला सङ्घको विविध गतिविधिमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभाव तथा विभिन्न संघसंस्थाप्रति हार्दिक आभार प्रकट गर्दै कुनै पनि सामाजिक कार्य एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने हुँदा यस्ता कार्यमा सबैको साथ र सहयोग उत्तिकै रहनुपर्ने विश्वास व्यक्त गरिन् ।

सचिव अर्यालले स्थापनाको छोटो समयमा समेत सशस्त्र प्रहरी बल नेपालले गरेका हरेक क्रियाकलापहरू प्रशंसनीय रहेको तथा महिला सङ्घले गरेका हरेक सामाजिक कार्यहरूमा आफूलगायत मन्त्रालयको साथ र सहयोग सदैव रहिरहने बताइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले धन्यवाद ज्ञापनको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालबाट वार्षिकोत्सवको अवसरमा दिएको शुभकामना मन्तव्यले सङ्घका सबै पदाधिकारीहरुलाई थप हौसला र उर्जा उत्पन्न भएको बताइन् ।

उनले सशस्त्र प्रहरी परिवार महिला सङ्घले गर्दै आइरहेका सामाजिक कार्यहरूलाई निरन्तर दिने उल्लेख गर्दै यस्ता कार्यमा सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्था तथा परोपकारी व्यक्तिहरूबाट समन्वय र सहकार्य सदैव रहिरहने विश्वास व्यक्त गरिन् ।

सोही अवसरमा प्रमुख अतिथि अर्याल, विशेष अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सो सङ्घकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललगायतले विभिन्न सङ्घसंस्था तथा महानुभावहरूलाई कदरपदत्र तथा पुरस्कार वितरण गरेका थिए

गोताखोर सशस्त्र प्रहरी जवान स्व। हरदेव राजबंशीको छोरीलाई छात्रवृत्ति प्रदान

सशस्त्र प्रहरी परिवार महिला सङ्घले वर्षिकोत्वको अवसर पारेर कर्तव्य पालनको सिलसिलामा गत जेठ २२ गते सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा दिवंगत भएका स्व।सशस्त्र प्रहरी जवान हरदेव राजबंशीको छोरीलाई छात्रबृत्ति स्वरुप १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

कार्यक्रममा निजामती कर्मचारी सङ्घकी अध्यक्ष, सैनिक श्रीमती सङ्घकी अध्यक्ष, नेपाल प्रहरी सङ्घकी अध्यक्ष, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखका धर्मपत्नी, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पूर्व अध्यक्षहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नागार्जुन नगरपालिकाका उपप्रमुख लगायत सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका महानुभावहरू तथा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्