Logo
Logo

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन खुला


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत उपलब्ध गराउने छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवदेन दिन भनेको हो ।

१८ असारदेखि २७ असारसम्म महानगरको वेवसाइट  entrance.kathmandu.gov.np मा अनलाइन आवेदन फाराम भर्न सकिने महाानगरले जानकारी दिएको छ । प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ । थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np मा हेर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्