काठमाडौं । वरिष्ठ सौन्दर्यविद चन्दा पुन ‘लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर’को अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उनी एक वर्ष कार्यकालका लागि चयन भएकी हुन् ।

चन्दाको समाजसेवामा लामो अनुभव छ । उनको मानवीय सेवामा समर्पण उल्लेखनीय छ । चन्दाले सुन्दरता तथा आत्मविश्वास अभिवृद्धिमा आफ्नो पेशागत योगदान दिनुका साथै बिभिन्न सामाजिक तथा मानवीय सेवाका अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।
लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र दीनदुःखीहरूको सेवाका कार्यक्रम सञ्चालन गर्दै आएकी चन्दाले अध्यक्षमा नियुक्तिसँगै भनेकी छन्, ‘यो पद मेरो लागि गर्वमात्र होइन, ठूलो जिम्मेवारी पनि हो । मानव सेवा नै सच्चा सेवा हो भन्ने मान्यताका साथ म समाजको हितमा अझ बढी समर्पित भएर कार्य गर्नेछु ।’
लायन्स क्लब अफ काठमाडौं भिजनरी इन्टरप्रेन्योर, लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ जी अन्तर्गत पर्ने क्लब हो, जसले समाजिक विकासमा सशक्त कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।