Logo
Logo

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता : राष्ट्रपति


315
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलता नै गणतन्त्रको सफलता भएको बताएका छन् ।

बुधबार शितल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटघाट गर्दै राष्ट्रपति पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका हुन् ।

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औल्याए ।

उनले विकास–निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न सुझाव दिए ।

राष्ट्रपति पौडेलले सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लाग्न आग्रह गरे । सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरुले आफूले भोग्नुपरेका कठिनाई, कानुन नियममा रहेका अन्यौलहरुको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिन हुन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्