काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपालले लाओससँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । सरु लिम्बुको ठाउँमा प्रीति राई टिममा आएकी छन्।
गोलकिपरमा अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, गिता राना र निशा थोकर छन् ।
मिडमा प्रीतिसँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । रेखा पौडेल र एन्जिला सुब्बा फेरि पनि पहिलो रोजाइमा नै परेनन् ।
खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।














