Logo
Logo

५२ संवैधानिक आयोगका पदाधिकारीविरुद्धको रिटमा फैसला आउन ढिलाइ


3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले साढे चार वर्षअघि विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको नियुक्तिमा फैसला सुनाउँदैछ ।

कार्यालय समय सुरु हुनासाथ छलफलमा जुटेका प्रधानन्यायाधीशसहित न्यायाधीशहरू छलफलमा छन् । यद्यपि अहिलेसम्म फैसला आउन सकेको छैन ।

संवैधानिक इजलासका न्यायाधीश, रिट निवेदक, र पक्षमा बहस गरेका कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मी अलर्ट बसेका छन् ।

सर्वोच्च अदालतको दोस्रो तलामा रहेको संवैधानिक इजलासमा रिट निवेदक कानुन व्यवसायीहरू बसिरहेका छन् । बाहिर पत्रकारहरू बसिरहेका छन् । उनीहरूले फैसला पर्खिरहेका छन् ।

स्रोतका अनुसार, न्यायाधीशहरू छलफलमा रहेको, फैसला तयार गर्ने काम भइरहेको छ । उक्त काम सकिएपछि फैसला सुनाउने तयारी गरिएको छ । यद्यपि कतिबेला आउँछ भन्ने अझै यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्