
काठमाडौं । झापाको बिर्तामोड–७ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान शौचालय जानका लागि घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काले हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका लिम्बूको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।














