Logo
Logo

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल हुने


189
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ ।

बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्