गत जुन २५ मा निदरल्याण्डको हेगमा नाटोको शिखर सम्मेलन भएको छ । शिखर सम्मेलनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध सदस्य देशहरूले आफ्नो कुल ग्राहस्थ उत्पादन (जिडिपी)को ५ प्रतिशत रक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो निर्णय हालको २ प्रतिशत लक्ष्यभन्दा दोब्बर बढी हो । नाटोले अन्य कुराहरूमध्ये, सदस्य देशहरूले जिडिपी को ३.५ प्रतिशत सैन्य हार्डवेयर किन्न र सेना कायम राख्न मुख्य रक्षा खर्चमा खर्च गर्न प्रतिबद्ध छन्, र अर्को १.५ प्रतिशत रक्षा–सम्बन्धित लगानीमा खर्च गर्ने निर्णय गरेको छ ।
दोस्रो विश्व युद्धपछि सन् १९४९ मा तत्कालीन सोभियत संघलाई चुनौती दिन र सुरक्षित रहन भन्दै अमेरिका, क्यानडा, बेलायत र फ्रान्स मिलेर नाटो सैनिक संगठनको स्थापना गरेका थिए । नाटो मूलतः कम्युनिस्ट विरोधी सैनिक संगठन हो ।

नाटोसँग अत्याधुनिक सेना र हतियार रहेका छन् । अमेरिकाको नेतृत्वमा नाटोले विश्वमा युद्ध तथा द्वन्द्व चर्काउने, हात हतियार उद्योग संचालन गर्ने, हतियार विक्रि वितरण गर्ने कार्य गर्दै आएको छ । नाटो सैनिक गठबन्धनमा ३२ देश आबद्ध रहेका छन् । अहिलेसम्म अल्बानिया, बेल्जियम, बुल्गेरिया, क्यानाडा, क्रोसिया, चेक गणतन्त्र, डेनमार्क, एस्टोनिया, फ्रान्स,जर्मनी, ग्रीस, हंगेरी, आइसल्याण्ड, फिनल्यान्ड, स्वेडेन, लात्मिया, लिथुआनिया, लम्जेम्बर्ग, मोन्टेनेग्रो, नेदरल्याण्ड, उत्तर म्यासेडिनीया, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्पेन, टर्की संयुक्त अधिराज्य बेलायत र अमेरिका रहेका छन् ।
यसरी हेगशिखर सम्मेलनबाट नाटो देशहरूले सैनिक खर्चमा जुन ढंगबाट बृद्वी गर्ने घोषणा गरेका छन्, यसबाट युद्ध अर्थतन्त्रको खर्च र आर्थिक युद्धको प्रभावले सर्वसाधारण जनताको जीवनस्तरमा नकारात्मक प्रभाव पार्छ, पहिले नै बढ्दो मूल्यवृद्धि अत्यधिक मुद्रास्फीतिको मार खेपिरहेका छन। अब सैन्य खर्चको बृद्विले सर्बसाधारण जनताले झन आर्थिक कठिनाइ भोग्नुपर्ने र बहुराष्ट्रिय कम्पनीहरूको नाफा बढाउनका लागि सञ्चालन गरिएका युद्धहरूका लागि आमजनताले आफ्नो ज्यान तिर्नुपरेको छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिका विश्व शक्तिका रुपमा अगाडि आयो । विश्वयुद्धपछि रुस पनि थप शक्तिशाली रुपमा उदायो । खासगरी लेनिनको अगुवाइमा अक्टोबर समाजवादी क्रान्ति सफल भएपछि विश्वमा समाजवादी लहर बढन थाल्यो ।
अमेरिकी साम्राज्यवादलाई यो सह्य भएन । यसरी दोश्रो विश्वयुद्धको अन्त्यपछि समाजवादी रुसको विकास र प्रगति रोक्न नसकेपछि अमेरिकाले पूँजीवादी शक्ति राष्ट्रहरुलाई साथ लिएर सैन्य गठबन्धन बनायो । त्यो गठबन्धनको नाम हो, उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) । यसको एक मात्र उद्देश्य विश्वमा फैलिँदै गएको कम्युनिष्ट प्रभावलाई रोक्नु थियो ।

नाटोमार्फत सामूहिक सैन्य सहयोग र सामाजिक–आर्थिक सहयोग प्रदान गर्ने थियो। ती सबै देशहरु पूँजीवादी राष्ट्र थिए । एक्लाएक्लै रुपमा समाजवादी देशहरुसँग प्रतिस्पर्धा गर्न नसकेपछि उनीहरुले उक्त गठबन्धन बनाएका थिए । गठबन्धनको लक्ष्य थियो, ‘गठबन्धनमा सहभागी कुनै देशमाथि हमला भएमा संयुक्त प्रत्याक्रमण गर्ने ।’ यही सम्झौता अन्ततः सैन्य संगठनका रुपमा विकसित गरियो ।
नाटो गठबन्धनले आफ्नो घोषित पाँच प्रमूख उद्देश्य अगाडि सारेको छ, जसमा पहिलो– युरोपको आक्रमणको बेला मिलेर प्रतिरोध गर्ने, दोश्रो–पश्चिम युरोपमा सोभियत युनियनको प्रभाव रोक्ने र पूँजीवादी देशहरुको पक्षमा युद्धको मनोविज्ञान तयार पार्नु, तेस्रो– युरोपियन राष्ट्रहरूका लागि सुरक्षा छाता प्रदान गर्नु, चौथो–पश्चिमी युरोपका देशहरूलाई साम्यवादी शिविरमा जानबाट रोक्नु र पाँचौ अमेरिकाका छाताभित्र रही कम्युनिष्टहरुको प्रभावलाई संसारभरबाट कमजोर र निस्तेज पार्नेे रहेका छन् ।
नाटो गठबन्धनले सदस्य देशहरुको राष्ट्रको स्वतन्त्रता, ऐतिहासिक विरासत, मानिसहरूको सभ्यता, लोकतान्त्रिक मूल्यहरू, व्यक्तिगत स्वतन्त्रता र कानुनको शासनको सुरक्षाको जिम्मेवारी लिनेछ भनिएको छ । तर, नाटो गठबन्धनले विश्वभरि आफ्नो प्रभूत्व बिस्तार गर्ने, विश्वका साधन स्रोत आफ्नो नियन्त्रणमा लिने, हरेक देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नमानेमा फौजी आक्रमण थोपर्ने काम गरिरहेको छ ।
विश्वको अधिकांश जनमत नाटो गठबन्धनले विश्व शान्ति स्थापनामा बाधा पु¥याएको निष्कर्षमा छ । र, नाटोको द्रुत सैन्य विस्तारको निन्दा गरेका छन् । नाटोको हतियार दौडले नयाँ चरणको युद्ध सुरु गर्न सक्छ र विश्व शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्न सक्ने भनेर विश्वका शान्तिप्रिय जनता चिन्तित रहेका छन् । सैनिक खर्च पाँच प्रतिशत पु¥याउने नाटो सम्मेलनको निर्णयलाई द हेग डिफेन्स कमिटमेन्ट भनेर उल्लेख गरिएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सार्वजनिक रूपमा ५ प्रतिशत सैन्य खर्च लक्ष्य ‘असमान र अनावश्यक’ भएको बताएका छन् र उनको सैन्य खर्चको मुद्दाबाट नेटोका युरोपेली सदस्यहरूबीच थप विभाजन भएको विश्वास गर्छन् । यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि यदि नाटो सदस्य राष्ट्रले थप खर्च तिरेनन । उनले युरोपको सुरक्षाको लागि अमेरिकी सहयोगलाई कमजोर बनाउनेछ । सम्मेलनमा ट्रम्पले स्पेनलाई लक्षित गर्दै स्पेनले खर्च नबढाएमा दुई गुणा आयात कर लगाउने धम्की दिए । र उनले भने, ‘स्पेन नाटो को जिम्मेवारीबाट भाग्दैछ, हामी चुप बस्दैनौँ ।’
विश्वमा लोकतन्त्र, शान्तिको प्रचार गरेर अमेरिकाको नेतृत्वमा संचालन भएको नेटो सैनिक गठबन्धनले यसपटकको हेग शिखर सम्मेलनमा जुन निर्णय गरेका छन् । यसबाट ट्रम्पले अझै युद्धलाई अगाडि बढाउने संकेत दिएको छ । नाटो सम्मेलनले सशक्त रणनीतिक सन्देश दिएको छ कि विशेषगरी उच्च रक्षा खर्च बृद्वि गर्नुको अर्थ रूस र चीनविरुद्ध स्पष्ट रुख र प्रविधिमा आधारित युद्धको तयारीको नयाँ युगको सुरुआतको घोषणा त होइन भन्ने सहजै अनुमान गर्न सकिन्छ । नाटो सम्मेलनमा इरानको आणविक केन्द्र सम्पूर्ण रुपले ध्वस्त बनाएको उल्लेख गरेका छन् ।
नाटो सम्मेलनको मुख्य निर्णयहरुमा सबै ३२ सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा रक्षा खर्च जिडिपीको ५ प्रतिशत पु¥याउने ‘ह्याग रक्षा प्रतिबद्धता’ मा हस्ताक्षर भएको छ । जुन नाटोको इतिहासको सबैभन्दा ठूलो खर्च लक्ष्य हो । तर, यो कानुनी रूपमा बाध्यकारी होइन तर राजनीतिक प्रतिबद्धता भने हो ।
यस्तै, सम्मेलनले समाजवादी चीन र रुसप्रति कठोर नीति अवलम्बन गर्दै भनिएको छ, ‘रुसको आक्रमणकारी नीति चीनको साइबर खतरा रहेको छ ।’ अमेरिकाले युक्रेनमा रुस विरुद्ध गरिरहेको प्रोक्सी युद्धलाई निरन्तरता दिने र युक्रेनलाई सहयोग पुर्याइ रहने निर्णय गरेको छ ।
यस्तै सम्मेलनले युक्रेनलाई नाटोको ‘रणनीतिक साझेदार’को रूपमा औपचारिक रूपमा मान्यता दिँदै थप सैन्य, साइबर र हतियार सहयोगका लागि कोष बढाउने निर्णय गरेको छ । सम्मेलनले चिन र रुसको विकासबाट झस्किएर कृत्रिम बुद्धिमता, स्पेस र साइबर कमान्ड संरचना निर्माण गर्ने निर्णय गरेको छ ।
सम्मेलनले स्विडेनलाई पूर्ण सदस्यता प्रदान गर्दै ग्लोबल साउथका देशहरू भारत, जापान, अष्ट्रेलिया, दक्षिण कोरियालगायत इण्डोप्यासिफिक क्षेत्रका साझेदार देशहरुसँगको सम्बन्ध बलियो बनाउने, अफ्रिका र ल्याटिन अमेरिका– सामरिक साझेदारीलाई पनि विस्तार गर्ने र नाटोको रक्षा प्रविधि अनुसन्धान कार्यक्रम (डियाना) २०२५–२०३० रणनीतिक योजना विस्तार गर्ने निर्णय गरेको छ । नाटो सम्मेलन २०२५ को अर्को निष्कर्ष के रहेको छ भने उच्च रक्षा खर्च बृद्धि गरेर रुस र चीनका विरुद्ध प्रविधिमा आधारित युद्धको तयारीको नयाँ युगको शुरुआतको घोषणा गरिएको छ ।
सन् २०२४ मा नेटो सदस्यहरूले सामूहिक रूपमा सेना र हतियारसहित मुख्य रक्षामा ४१.३ ट्रिलियन डलरभन्दा बढी खर्च गरेका छन् । यो तथ्याङ्कले एक दशकअघिको लगभग एक ट्रिलियन डलरको तुलनामा उल्लेखनीय वृद्धिलाई प्रतिनिधित्व गर्दछ, जुन २०२१ को स्थिर मूल्यमा गणना गरिएको थियो ।
नाटोको ‘साझा कोष’ भनेर चिनिने नाटोको प्रत्यक्ष लागत, २०२४ मा करदाताहरूको लागि सामान्य ज्ञान अनुसार लगभग ४४.७ बिलियन थियो । यी लागतहरूले नाटो मुख्यालयको नागरिक कर्मचारी र प्रशासनिक खर्चहरू समेट्छन्। नाटो सदस्यहरूले मूल खर्च सेना र हतियार जस्ता वस्तुहरू समावेश गर्दै मुख्य रक्षामा ४१.३ ट्रिलियन डलरभन्दा बढी खर्च गरे । नाटोको साझा कोषमा ४४.७ बिलियन डलर थियो । नाटोको प्रत्यक्ष लागत अन्तर्गत नागरिक कर्मचारी र प्रशासनिक खर्चहरू समावेश छन् ।
सन २०२४ मा लगभग ४४.७ बिलियन थियोे । नाटोको सुरक्षा लगानी कार्यक्रममा प्रमुख निर्माण र कमाण्ड र नियन्त्रण प्रणालीहरूका सन २०२५ मा सीमा युरोपियन १.७२३ बिलियनडलर छ ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार २०२४ मा विश्वभरको कुल सैन्य खर्च झन्डै २.७ ट्रिलियन डलर नाघेको थियो । विश्वमा सबैभन्दा धेरै सैन्य खर्च गर्ने अमेरिकाले आफ्नो सैन्य क्षमतालाई आधुनिक बनाउन आणविक हतियार र उन्नत प्रविधिमा लगानी गरिरहेको छ ।
यसरी विश्वमा युद्ध र द्वन्द्वका लागि नाटोले रक्षा खर्चका लागि जुन मात्रामा रकम खर्च गर्ने गरेको छ । यो रकम मानवतावादका लागि खर्च गरेको भए आज विश्वमा मानवीय जीवन कष्ट प्रद बन्ने थिएन ।
अहिले विश्वव्यापी रूपमा लगभग ७३ करोड ३० लाख मानिसहरू भोकमरीको सामना गरिरहेका छन् जबकि २.८३ अर्ब मानिस स्वस्थ आहार किन्न संघर्ष गरि रहेका छन् । झन्डै ६० करोड मानिस चरम गरिबीमा बाँच्छन् । यी तथ्याङ्कहरूले गरिबी, बेरोजगारी र भोकमरीको व्यापक प्रकृतिलाई उजागर गर्दछ, जसको विश्वव्यापी व्यक्ति र समुदायहरूमा महत्त्वपूर्ण प्रभाव परेको छ ।
एक्सन अगनेष्ट हंगरका अनुसार अहिले पनि विश्वमा ७३ करोड ३० लाख मानिसहरू दैनिक भोकमरीको शिकारमा परेका छन् । यस्तै २.८३ अर्ब मानिसहरू स्वस्थ आहार किन्न सक्दैनन्, जुन विश्वव्यापी जनसंख्याको ३५ प्रतिनिनिधित्व गर्दछ ।\
चिल्ड्रेन इन्टरनेशनलका अनुसार ४ करोड ५० लाख बालबालिकाहरु वार्षिक रूपमा गम्भीर कुपोषणको अनुभव गर्छन् । यस्तै खाध्य असुरक्षित हुने मानिसको संख्या ३४५ विलियन रहेको छ । यस्तै, विश्वव्यापी गरिबीको लागि एकल, निश्चित संख्या नभए पनि, विश्व बैंकले चरम गरिबीलाई प्रतिदिन ४२.१५ भन्दा कममा बाँच्ने भनेर परिभाषित गरेको छ ।
विश्व जनसंख्याको लगभग ८.७९ प्रतिशत चरम गरिबीमा बाँचिरहेका छन्, जुन लगभग ७१ करोड २० लाख मानिसहरू हो । यो तथ्याङ्क २०२२ को तथ्याङ्कमा आधारित छ । ५६ करोड ६० लाख बालबालिकासहित १.१ अर्ब मानिसहरू बहुआयामिक गरिबीको सामना गरिरहेका छन्, जुन विश्वको जनसंख्याको १८ प्रतिशतभन्दा बढी हो ।
अन्तर्राष्ट्रिय गरिबी रेखामुनि बस्ने धेरै मानिसहरूले पर्याप्त र पौष्टिक खानामा पहुँच गर्न पनि चुनौतीहरूको सामना गर्छन् । गरिबी र भोकमरी बीचको सम्बन्ध बलियो छ, गरिबीलाई प्रायः भोकमरीको मुख्य चालकको रूपमा उल्लेख गरिएको छ ।
आर्थिक अवस्था र विभिन्न विश्वव्यापी कारकहरूको आधारमा बेरोजगारहरूको संख्यामा उतारचढाव आउँछ । बेरोजगारीले गरिबी र खाद्य असुरक्षामा योगदान पु¥याउँछ किनकि, यसले आय र स्रोतहरूमा पहुँच घटाउँछ ।
निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको एक अन्तर्वार्तामा बताएका छन् । उनले युरोपेली देशका विदेश नीतिका कारण संयुक्त राज्य अमेरिका र उसका नाटो सहयोगीको सशस्त्र सैन्य हस्तक्षेपप्रति उनले विमति जनाएका छन् ।
नाटोले आफूखुशी हस्तक्षेप र बमबारी गर्न थालेपछि युद्ध र क्षेत्रीय द्वन्द्व बढेको उल्लेख गर्दै रुस युक्रेन बिचको युद्ध र द्वन्द यसैको परिणाम भएको बताएका छन् । विश्वलाई अझ खतरनाक ठाउँ बनाउनु र टकरावतर्फ अघि बढ्नुको सट्टा साझा सुरक्षाको ग्यारेन्टी गर्ने साझेदारीतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले अवलम्बन गर्नुपर्ने बाटो पनि त्यही भएको उनले तर्क गरेका छन् ।
नाटोको बारेमा माक्र्सवादी दृष्टिकोणले यसलाई सामान्यतया पश्चिमी पूँजीवादी साम्राज्यवादको उपकरणको रूपमा हेर्ने गरिन्छ । जुन पूँजीवादी शक्तिहरूको प्रभुत्व कायम राख्न र समाजवादी आन्दोलनहरूलाई दबाउन डिजाइन गरिएको हो । माक्र्सवादी विश्लेषणले प्रायः नाटोका कार्यहरूलाई पूँजीपति वर्गको हितको सेवा गर्ने र विश्वव्यापी स्तरमा वर्ग संघर्षलाई निरन्तरता दिने रूपमा प्रस्तुत गर्दछ । यसको विपरीत, नाटोका रक्षकहरूले यसलाई सम्भावित खतराहरूविरुद्ध सामूहिक रक्षाको लागि तथा लोकतन्त्र र स्थिरताको प्रवद्र्धका लागि गठबन्धन आवश्यक भएको वकालत गर्ने गरेका छन् ।
माक्र्सवादीहरूले नाटोलाई पूँजीवादी वर्गको उपकरणको रूपमा हेर्छन्, जसले विश्वव्यापी रूपमा आफ्नो आर्थिक र राजनीतिक हितको रक्षा गर्न सेवा गर्दछन् । नाटोले समाजवादी र कम्युनिस्ट आन्दोलनहरूलाई नियन्त्रण गर्ने र कमजोर पार्ने उद्देश्यले बनाइएको शक्ति वा गठबन्धन हो । नाटो पश्चिमी साम्राज्यवादको विस्तारको रूपमा रहेको छ, जसले सैन्य शक्ति प्रयोग गरेर विशेषतः विकाशील राष्ट्रहरूमाथि प्रभाव र नियन्त्रण राख्छ । नाटोको उपस्थिति र यसका कार्यहरूले अन्तर्राष्ट्रिय तनावलाई बढाउन सक्छ र शान्तिलाई प्रवद्र्धन गर्नुको सट्टा द्वन्द्वको चक्रमा योगदान पु¥याउने काम गरेको छ ।
माक्र्सवादीहरु र नाटो सैनिक गठबन्धनका विचको मुख्य भिन्नता शक्ति र द्वन्द्वको आधारभूत बुझाइमा निहित छ । माक्र्सवादीहरूले वर्ग संघर्षलाई अन्तर्राष्ट्रिय सम्बन्धको प्राथमिक चालकको रूपमा हेर्छन्, जबकि नाटोका गठबन्धनका शक्तिहरुले राज्य–आधारित सुरक्षा र अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई जोड दिन्छन् । माक्र्सवादी विश्लेषण प्रायः आर्थिक र सामाजिक असमानताहरूमा केन्द्रित हुन्छ, जबकि नाटोको दृष्टिकोणले सैन्य र राजनीतिक विचारहरूलाई प्राथमिकता दिन्छ ।
विश्वका श्रमिक वर्ग र गरिब जनताले गरिबी, उत्पीडन, युद्ध र वातावरणीय विनाशलाई जन्म दिने पूँजीवादको प्रणालीगत संकटको विकल्प खोज्दै गर्दा, पश्चिमी साम्राज्यवादी शक्तिहरूले आफ्ना हितहरूको रक्षा गर्न सक्ने जुनसुकै उपकरणहरू प्रयोग गर्नेछन् जुन कहिलेकाहीं एकजुट हुन्छन् र कहिलेकाहीं द्वन्द्वमा पर्छन् । तिनीहरूले तिनीहरूलाई प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा विश्व र वर्गीय शक्तिहरूको सन्तुलनमा निर्भर गर्दछ । नाटो ती उपकरणहरू मध्ये एक माध्यम हो ।
सैन्यवाद, युद्ध र तिनीहरूलाई प्रवद्र्धन गर्ने उपकरणहरूको अन्त्य गर्ने जग केवल पूँजीवादी प्रणालीलाई उखाल्न अन्तर्राष्ट्रिय संघर्षमार्फत सिर्जना गर्न सकिन्छ, आर्थिक र राज्य शक्ति श्रमिक वर्गका विचमा सहयोग र ऐक्यबद्धताको आधारमा संगठित हुँदै लोकतान्त्रिक रूपमा योजनाबद्ध समाजवादी संसारका लागि अगाडि बढ्न आवश्यक छ । यसका साथै युद्ध र द्वन्द्व अन्त्य गर्न कूटनीति, विश्वव्यापी सहयोग र द्वन्द्व रोकथामलाई प्राथमिकता दिनु पर्दछ ।
युद्ध होइन स्वास्थ्य, शिक्षा, जलवायु लचिलोपन, सामाजिक हेरचाह र राम्रो तलब, सुरक्षित आवास र रोजगारी सिर्जनामा लगानी गर्न विश्व व्यापी अभियान संचालन गर्नु पर्दछ र सैन्य खर्चमा उल्लेखनीय रूपमा कमी ल्याउन तथा सक्रिय द्वन्द्व वा मानव अधिकार उल्लङ्घनमा संलग्न देशहरूमा हतियार निर्यात तुरुन्तै रोक्ने अभियान संचालन गर्नु पर्दछ ।
विश्वव्यापी रूपमा बढ्दो पूँजीवादी आर्थिक संकट, अन्तर–साम्राज्यवादी प्रतिस्पर्धा, द्वन्द्व, अस्थिरता र युद्धको एक विष्फोटक मिश्रण हो, जसले यस्तो समाजवादी रूपान्तरणका लागि आवश्यक श्रमिक वर्ग संगठनहरूको निर्माण र सुदृढीकरणको लागि आवश्यक राजनीतिक चेतनामा छलाङ लगाउन सक्छ ।
(लेखक पेसागत महासंघ नेपालका अध्यक्ष तथा प्रेसिडेन्सियल काउन्सिल सदस्य विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयु) हुनुहुन्छ)