Logo
Logo

मन्त्रीलाई हर्क साम्पाङको पत्र- खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला


504
Shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले महानगरका लागि छुट्याइएको ४ करोड बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै उनले खानेपानी मन्त्री प्रदीप यादवलाई एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला । अन्यथा हामी आफैँ खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु ।’

साथै उनले उपमहानगरपालिकाले पहिले लिएको ऋणसमेत तिर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्