काठमाडौं । रोटरी क्लव अफ काठमाडौं वेस्टको प्रिसिडेन्टमा सुधन बज्राचार्य चयन भएका छन् । उनलाई आज (शुक्रबार) बिहान एक सामारोहबीच रोटरी क्लवका डिष्टिक गभर्नर विनोद कोइरालाले सपथ गराएका छन् ।

रोटरी क्लव अफ काठमाडौं वेस्ट २५ वर्ष प्रवेश गरेको अवसरमा क्लवले विभिन्न सामाजिक कार्य गर्ने प्रतिवद्धता नवनियुक्त प्रिसिडेन्ट बज्राचार्यले गरेका थिए । क्लव स्थापनाका विषयमा जिएसआर मणिध्वज जोशीले आफ्नो सारगर्भित मन्तव्य राखेका थिए ।
नयाँ कार्यसमितिमा नोमिनी प्रिसिडेन्ट निमा शेर्पा, उपाध्यक्ष केदारमान सिंह, सेक्रेटरी बाबुराजा श्रेष्ठ, कोषाध्यक्ष शम्भु दाहाल, पब्लिक इमेज चियर शम्भु श्रेष्ठ, प्रशासन चियर मिलन श्रेष्ठ, सर्भिस चियर श्रीराम अधिकारी, सदस्यता चियरमा रुपेश अधिकारी, रोटरी फाउण्डेशन चियरमा राजेशकाजी कायस्थ, साल्डन आम्स मोहनध्वज जोशी र निर्वतमान प्रिसिडेन्ट देशकुमार श्रेष्ठ रहेका छन् ।
उक्त समारोहमा पूर्वअध्यक्ष किरणकृष्ण जोशीले एकजना बृद्धलाई ह्वील चियर वितरण गरेका थिए ।