काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले सहायक रथी रवीन्द्र खत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । जङ्गी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले खत्रीलाई उक्त दर्ज्यानी चिह्न प्रदान गरे ।

मन्त्रिपरिषद्को २०८२ साउन १३ को निर्णयअनुसार युद्ध कार्य निर्देशनालयका निर्देशक खत्रीलाई सहायक रथीबाट उपरथीमा बढुवा गरिएको थियो । बढुवापछि खत्रीलाई उपत्यका पृतना हेडक्वार्टर, नारायणहिटीमा पदस्थापन गरिएको छ ।