Logo
Logo

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने


378
Shares

काठमाडौं ।  होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रवार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

‘पहिलो संस्करण बालश्रम, जातीय विभेद, घरेलुु हिंसा, एसिड आक्रमणलगायतका विसङ्गतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई बहसमा ल्याउँदै, निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउनेमा केन्द्रित थियो’, आयोजकले भनेको छ, ‘दोस्रो संस्करण विकास निर्माणको मुद्दामा केन्द्रित रहनेछ ।’ दोस्रो संस्करण समुन्नतिको यात्रामा नेपाल पुगेको छ ? कहाँ छुटेको छ ? के कस्ता प्रगति भएका छन् ? भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ । 

कार्यक्रमको प्रस्तुति पहिलो संस्करणमा जस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुहुनेछ । साहित्य तथा गीतसङ्गीतमा रुचि राख्ने शर्माले पछिल्लो समय हिमाल आरोहीका रूपमा पनि आफ्नो परिचय बनाएका छन् । छापा माध्यममा सम्पादक रहेका शर्मासँग रेडियो र टेलिभिजनमा काम गरेको अनुभव पनि छ ।

कार्यक्रम कान्तिपुर टेलिभिजनमा शुक्रवार राति ९ बजे प्रसारण हुने छभने कार्यक्रम सकिएपछि ओएरआर रियालिटी युट्युबमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्