
काठमाडौं । चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।
उनी शनिबार घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा खसेर घाइते भएकी थिइन् । घाइते भएकी राधिकाको उपचार क्रममा गएराति भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।