Logo
Logo

खोलामा डुबेर दुई बालकको मृत्यु


504
Shares

काठमाडौं । जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियार छन् ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई तत्काल उद्धार गरि उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पु¥याइएको थियो । अस्पतालले शनिबार दिउँसो दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगेन्द्र खतिवडाले जानकारी दिए ।

घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्