
काठमाडौं । नेकपा एकीकृत जमाजवादीको सचिवालय बैठक अहिले जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघिबाट सुरू भएको हो ।
यसअघि विहीबार केहीबेर बसेर महासचिव घनश्याम भुसालको अस्वस्थाको कारण देखाउँदै स्थगित भएको थियो । आजको बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
योबाहेक नेतृ रामकुमारी झाँक्रीले केही दिनअघि अध्यक्ष नेपालमाथि दिएको विस्फोटक अभिव्यक्तिबारे पनि छलफल हुने र उनीमाथि कारबाहीबारे केही निर्णय गर्ने सम्भावना रहेको उपाध्यक्ष जयन्ती राईले बताइन् । अध्यक्षबिरुद्ध बोल्नै नहुने कुरा बोलेको भन्दै अधिकांश नेताहरु झाँक्रीलाई पार्टीबाट निष्कासन गर्नुपर्ने पक्षमा छन् ।