काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर फरहदवामा भएको विस्फोटको घटनामा घाइते भएका भारत सीतामढीका गौरीशंकर चमार काठमाडौं आइपुगेका छन् ।
विस्फोट घटनामा प्रमाण नभेटिएको भन्दै नेपाली कांग्रेसका नेता अफ्ताव आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासबाट सफाइ दिइएपछि चमार काठमाडौं आइपुगेका हुन् । अदालतको आदेशपछि आलम जेठ १४ गते जेलमुक्त भएका थिए ।

भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार सो विस्फोटमा घाइते भएका थिए । सो विस्फोटमा घाइते भएका चमारको शरीरमा घाउका खत देखिन्छ । आज उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा सबै बेलिबिस्तार लगाए ।
के भन्छन् चमार ?
उनको भनाइका सम्पादित अंश–
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो रु एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे( कहाँ हो यो रु आमाले भन्नुभयो( यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन । मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम बिष्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।
त्यहाँ बम बिष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।
सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी)मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई(चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।
अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । कसरी बाँचौं म यो दुनियाँमा ।
आलमलाई सफाइ दिने उच्चका न्यायाधीशद्वय खुसी थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्मा विभिन्न उजुरी परेका छन् ।
बम विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बुवा श्रीनारायण सिंह राजपुतले न्यायाधीशद्वयमाथि कारबाहीको मागसहित न्यायपरिषद्मा उजुरी दिएका थिए ।
न्यायाधीश थारूलाई नेकपा बहुमतका कार्यकर्ताले इजलासमै कालो मसी फ्याँकेका थिए । न्यायाधीशद्वय अहिले न्यायपरिषद्बाट सर्वोच्चमा तानिएका छन् ।