काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकामा टेलिभिजन हेर्ने विषयमा भएको विवादमा छोराले आफ्ना बुवाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका-२, मकैबारीका ३२ वर्षीय भविलाल रोकाले शनिवार राति आफ्ना ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राति टेलिभिजन हेर्दै गर्दा बुवाले रोकेपछि रिसाएर भविलालले हतियार प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घटनापछि भविलाल फरार छन् । छिमेकीको सूचनापछि प्रहरी तत्काल घटनास्थल पुगे पनि उनी भागिसकेका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार बाबु९छोराबीच सामान्य विवादले यस्तो घटना भएको हो । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । भविलाल लागूऔषध सेवनकर्ता रहेको स्थानीयले बताएका छन् । उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएका छन् ।