Logo
Logo

प्रधानमन्त्री ओली र रेशम चौधरीबीच वान टु वान वार्ता, के-के भयो कुराकानी ?


4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच वान टु वान भेटवार्ता भएको छ । बालुवाटारमा करिब एक घण्टा उनीहरूबीच कुराकानी भएको हो ।

भेटमा चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई कारणबिना पदबाट हटाएको विषयमा गुनासो राखेका थिए ।

मन्त्री बर्खास्तीपछि प्रदेश र संघ सरकार दुवैबाट नागरिक उन्मुक्तिको समर्थन फिर्ता लिएको सन्दर्भमा पनि ओली–चौधरीबीच छलफल भएको चौधरीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले उक्त विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसको भोलिपल्ट शनिबार पार्टीले संघ सरकारबाट समेत समर्थन फिर्ता लिने निर्णय गरेको हो।

आइतबार नाउपाका तर्फबाट संघीय सरकारमा राज्यमन्त्री रहेका अरुण चौधरीले राजीनामा दिने तयारी भए पनि प्रधानमन्त्री अबेरसम्म कार्यलयमा नफर्किएकाले राजीनामा बुझाइएको थिएन । चौधरीले आज राजीनामा दिने बताइएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह रेशम चौधरीलाई भेट्न बर्दियास्थित उनको निवासमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्