
काठमाडौं । बाढीपहिरोका कारण अहिले मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथसहितका १० मूख्य सडक बाढी पहिरोको कारण पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।
जसमा सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग पूर्ण ठप्प भएका छन् ।
बाढी पहिरोका कारण अवरुद्ध भएका बीपी राजमार्ग, बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जानकारी दिएको छ । पहिरो पन्छाएपछि यी सडकमा एकतर्फी गाडी चल्न थालेका हुन् ।















