
काठमाडौं । एक्कासी बाढी आउँदा राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीले नदीमा फसेका ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीको सकुशल उद्धार गरेको हो ।
बुधबार बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित गाईवस्तु चराउन गएका उनीहरु एक्कासी बाढी आउँदा
नदीको बीच टापुमा फसेका थिए ।
उनीहरू फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।














