Logo
Logo

विशालनगरमा शेखर समूहको बैठक जारी


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहमा आबद्ध नेताहरूको बैठक जारी छ । बैठक बिहान ८ बजेदेखि कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसिरहेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले कोइराला समूहका केही नेतालाई कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक राखेका हुन् ।

२०७९ सालमा भएको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीले केही नेताहरुलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्