Logo
Logo

माओवादीले बोलायो पदाधिकारी बैठक, के छ एजेण्डा ?


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा बाढी–पहिरोले पु¥याएको क्षति, सरकारको कामकारबाही लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए ।

प्रवक्ता सापकोटाका अनुसार बैठकमा पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्