Logo
Logo

रूपन्देही-३ मा उम्मेदवार बन्न रास्वपाले माग्यो आवेदन


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन माग गरेको छ ।

पार्टीको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाएको हो ।

प्रवक्ता मनीष झाका अनुसार इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिनेछ ।

त्यस्तै, बैठकले उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ । रुपन्देही क्षेत्र–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्