Logo
Logo

कांग्रेसमा अनुशासनको कारबाहीबारे दुई समिति सदस्यको ‘नोट अफ डिसेन्ट’


2.1k
Shares

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बुधवार १८ जना नेतालाई कारबाहीको सिफारिस गरेको पत्र सार्वजनिक गरेको छ । कारबाही सिफारिसमा पर्ने अधिकांश नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहका रहेको उनीहरूको दाबी छ ।

The current image has no alternative text. The file name is: shekhar-koirala-team.jpg

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, जो सभापति शेरबहादुर देउवानिकट छन्, नेतृत्वको समितिको बैठक असार ९ देखि १७ गतेसम्म बसेको थियो । सोही बैठकले कारबाहीमा पर्ने नेताहरूको सूची तयार गरेको हो । 

कारबाही सिफारिसमा लुम्बिनीका पार्टी सभापति विक्रम खनाल, खोटाङका पार्टी सभापति विष्णुकुमार राई, गण्डकीका पूर्वमन्त्री कुमार खड्का, कास्कीका निवर्तमान जिल्ला सभापति कृष्ण केसीलगायत छन्। यी सबै शेखर कोइराला समूहका हुन् । अन्य अधिकांश सिफारिसमा परेका नेताहरू पनि सोही समूहका रहेको बताइएको छ । 

समितिमा संयोजक ढुंगानासहित सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला छन् । गौतम र कोइराला शेखर समूहका हुन् र उनीहरूले पार्टीबाट निष्कासन गर्ने निर्णयमा असहमति जनाएका छन् । उनीहरूले ‘नोट अफ डिसेन्ट’ लेख्दै आपत्ति व्यक्त गरेका छन् ।

‘अनुशासन कारबाहीको निर्णयमा हाम्रो गम्भीर असहमति छ । स्पष्टीकरण सोध्ने, सचेत गराउने वा निश्चित समयका लागि पद निलम्बन गर्ने विकल्प हुँदाहुँदै पार्टीबाटै निष्कासन गर्ने निर्णय उपयुक्त छैन,’ गौतम र कोइरालाको नोट अफ डिसेन्टमा उल्लेख छ ।

‘नेकपा माओवादीसहित अन्य पार्टीसँग संसदीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय र टिटक वितरणमा अपारदर्शी एवं पूर्वाग्रही प्रक्रियाका कारण उत्पन्न परिस्थितिको वस्तुगत विश्लेषण नगरी हठात् निष्कासनको कठोर निर्णय लिँदा पार्टीमा ठुलो समस्या निम्तिनेछ,’ उनीहरूले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्