Logo
Logo

घिउ सिमीमा अत्यधिक विषादी 


441
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार, मुलुककै सबैभन्दा ठुलो तरकारी बजारमा, काभ्रेबाट बिहीबार बिक्रीका लागि ल्याइएको घिउ सिमीमा अत्यधिक विषादी फेला परेको छ ।

The current image has no alternative text. The file name is: simi.gif

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार उक्त घिउ सिमीमा ८६.८४ प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी बजारका १५ पसलमा १५ प्रकारका तरकारी र फलफूलको नमुना परीक्षण गरेको थियो । 

परीक्षणमा घिउ सिमीमा उच्च मात्रामा विषादी पाइएको हो, जसलाई उपभोगका लागि अयोग्य ठहर गरिएको छ । सरकारले विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन राखेर उपभोग गर्न सकिने, र ४५ प्रतिशतभन्दा बढी भए उपभोग अयोग्य मान्ने मापदण्ड तोकेको छ । यसअघि मङ्गलवार पनि रायो सागमा अत्यधिक विषादी भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्