Logo
Logo

बौद्धमा कोठामा आगलागी हुँदा अशक्त महिलाको मृत्यु


441
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६, चेमजुङ गल्लीमा बिहीबार दिउँसो भएको आगलागीमा एक अपाङ्गता भएकी महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, हरिप्रसाद गौतमको साढे तीन तले घरको भुइँतलामा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङको कोठामा दिउँसो ४ बजे आगलागी भएको थियो ।

The current image has no alternative text. The file name is: mirtu_death.jpg

काभ्रे चौरीदेउराली–३ स्थायी घर भएकी तामाङ सुतिरहेको अवस्थामा आगलागी हुँदा समयमै उद्धार हुन नसकेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उर्मिला बायाँ खुट्टा नभएकी अपाङ्गता भएकी महिला थिइन् ।

उर्मिला र उनका छोरा उक्त कोठामा बस्दै आएका थिए । आगलागीको समयमा उनका छोरा आफन्तकहाँ गएको प्रहरीले बताएको छ । बौद्ध प्रहरी वृत्तका प्रहरी निरीक्षक जयशंकर रिमालका अनुसार, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ । आगलागीले कोठाका झ्याल, ढोका, लत्ताकपडालगायत सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्