Logo
Logo

जनमतले सोध्यो दुई नेतालाई स्पष्टीकरण


189
Shares

काठमाडौं । जनमत पार्टीले आफ्ना दुई नेतालाई स्पष्टीकरण सोधेको छ । गैरआवासीय मधेसी संघका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट ) स्पष्टीकरण सोधिएको पार्टीका प्रवक्ता शरद्सिंह यादवले बताए ।

उनका अनुसार दुवै नेताले पार्टीको हितविपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले बिहीबार ७ दिनभित्र जबाफ दिनेगरी स्पष्टीकरण सोधेको हो ।

वीरेन्द्रको हकमा केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गरेको उल्लेख छ । उनीमाथि जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढङ्गले अनुशासनहीनता प्रदर्शन गरेको, पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।

यस्तै, अर्का नेता शम्भुनाथको हकमा पनि सोही आरोप लगाइएको छ । उनले पार्टी विधानको धारा ३९ (क)को उपधारा २,३,४,५,१० र १५ आकर्षित भएको उल्लेख छ ।

अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीद्वारा हस्ताक्षरित स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई किन कारबाही नहुनु पर्ने हो भनी ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्