Logo
Logo

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ


1.1k
Shares

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहका प्रमुख अधिकृतलाई १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित उक्त बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई शुक्रवार दिउँसो काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले राउतलाई शनिवार मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइने जानकारी दिए ।

पीडित किशोरी विगत ४ वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन  भएपछि हजुरआमासँग बस्दै आएकी थिइन् । कमजोर आर्थिक अवस्थाका कारण उनलाई बाल संरक्षणको उद्देश्यले खोलिएको उक्त बालगृहमा राखिएको थियो ।

किशोरीको जाहेरीअनुसार, राउतले जेठ १ देखि ८ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेका थिए । किशोरीले असार ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन्, तर सुरुमा राउत पक्राउ परेका थिएनन् । हाल बालगृहमा १५ जना बालिकाहरू छन् । यो घटनापछि बालगृहको व्यवस्थापन, सुरक्षा र सञ्चालन प्रक्रियामाथि प्रश्न उठेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्