काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९, पिन्थली, विरुवाडाँडा कालढुंगास्थित बीपी राजमार्गमा आइतबार साँझ ६:३० बजे लेदोसहितको बाढीले सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार लेदोले राजमार्गको दुवैतर्फ आवागमन ठप्प भएको छ ।

हाल इलाका प्रहरी कार्यालय मंगलटारको टोली र स्थानीयवासी सडक खुलाउने प्रयासमा जुटेका छन् ।











