Logo
Logo

स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन


441
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन पठाउने गिरोह तथा गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले आज बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई स्पेन भ्रमणबारे निष्पक्ष छानविन गर्न निर्देशन दिएका हुन् ।

१४ असारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्तिहरु पनि गएर नफर्किएको भन्ने विषयमा चर्चामा छ । तर, को–को कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत गएर फर्किएनन् भन्ने विषय खुलेको छैन ।

सोही गिरोहका विषयमा छानविन गर्न मन्त्री लेखकले निर्देशन दिएका हुन् । उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो समेत खटिने छ ।

प्रतिक्रिया दिनुहोस्