
काठमाडौं । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर राई गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।














