सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको अवैध कारोबार गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको कोहलपुरस्थित एक मिडिया हाउसको कार्यालयबाट नक्कली नोट छाप्ने कारखाना फेला पारी ५ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूसँग करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिमजस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुधिरराज शाहीका अनुसार, गोप्य सूचनाको आधारमा यो सङ्गठित अपराधको सञ्जाल तोड्न प्रहरी सफल भएको हो । उनले भने, “मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि सञ्चालन हुनु गम्भीर विषय हो । हामी गहिरो अनुसन्धान गरिरहेका छौँ ।”
प्रहरीको अपरेसन सोमबार वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलबाट सुरु भएको थियो । जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली नोटसहित पक्राउ गरिएको थियो । उनको बयानको आधारमा प्रहरीले सोही गाउँका ३३ वर्षीय राम बहादुर सिंहको डेरामा छापा मार्दा १२ लाख ३६ हजार नक्कली नोट बरामद ग¥यो । अनुसन्धानलाई अगाडि बढाउँदै प्रहरीले जाजरकोटकै कुशे गाउँपालिका–७ का ३५ वर्षीय कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोग्राम ३७२ ग्राम अफिमजस्तो पदार्थसहित पक्राउ ग¥यो ।
सन्धानकै क्रममा प्रहरी बाँकेको कोहलपुर नगरपालिका–११, न्यूरोडस्थित ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया हाउसमा पुग्यो । त्यहाँबाट नक्कली नोट छाप्ने कारखाना फेला प¥यो । प्रहरीले मिडिया हाउसका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ का ३४ वर्षीय मन बहादुर सहकारी र जाजरकोटका ३८ वर्षीय प्रेम बहादुर वि।क।लाई पक्राउ गरेको छ । मिडिया हाउसबाट ५१ हजार नक्कली नोट, १९ किलोग्राम ३०० ग्राम अफिमजस्तो पदार्थ, क्यानोन प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा र अन्य उपकरणहरू बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिहरू
दिलमाया सिंह ठकुरी, २२ वर्ष, जाजरकोट
राम बहादुर सिंह, ३३ वर्ष, जाजरकोट
कृष्ण बहादुर वली, ३५ वर्ष, जाजरकोट
प्रेम बहादुर वि।क।, ३८ वर्ष, जाजरकोट
मन बहादुर सहकारी, ३४ वर्ष, कालिकोट (जनगर्जन नेटवर्क प्रालिका सञ्चालक)











