
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्ट रहेर आफुले राजीनामा दिएको उनले बताएका छन् । केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फैसला गरेको थियो ।














