Logo
Logo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे ओलीले के भने ? 


2.8k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको बताएका छन् । गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताएकी थिइन् ।

The current image has no alternative text. The file name is: yamale-1.gif

तर शुक्रवार पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका हुन् । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताए । 

आजको बैठकमा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रोपटक राष्ट्रपति बनाइएको स्मरण गराए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्