Logo
Logo

याक एण्ड यतिमा शेखर कोइराला पक्षका सांसदहरूको भेला


20.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षका सांसदहरूबीच छलफल चलिरहेको छ । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा छलफल जारी रहेको छ ।

पछिल्लो दिनमा राजनीतिक भेटवार्ता तीव्र बनाएका कोइरालाले आज आफूनिकट सांसदहरूसँग छलफल गर्न लागेका हुन् । आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि कोइरालाले शुक्रबार पूर्वराष्टपति विद्या भण्डारी र बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग भेटवार्ता गरेका थिए ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्नेगरी नयाँ राजनीतिक ध्रुबीकरणको तयारी भइरहेको बेला कोइरालाले आफूपक्षीय सांसदसँग भेटवार्ता गरेका हुन् ।

सरकारलाई अप्ठ्यारो पार्नेगरी हुन लागेको राजनीतिक ध्रुवीकरणबारे शनिबार एमाले पोलिटब्युरो बैठकमा समेत कुरा उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्