काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा जारी विवादका बीच अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी छन् ।

शुक्रवार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएको थियो । अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका–६ निवासी वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्त गरेकी हुन् ।
उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण भौतिक उपस्थिति सम्भव नभएको बताउँदै पार्टीको दैनिक कार्य र निर्णय प्रक्रियामा अवरोध नहोस् भनी यो निर्णय लिएको उल्लेख गरेकी छन् । ‘स्वास्थ्य कारणले मेरो भौतिक उपस्थिति सम्भव नभएकाले पार्टीको कार्य सञ्चालनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ उनले कार्यवाहक नियुक्ति पत्रमा लेखेकी छन् ।
यो पनि पढ्नुहोस्














